Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

बीरगन्ज बाल सुधारगृहको विवाद सामान्य बनाइँदै

spot_img

बीरगन्ज,२७ भदाै । बीरगन्ज वीर्तास्थित रहेको बाल सुधारगृहमा हिजाे राति ८ बजेदेखि सुरु भएको विवाद अहिले केही कम भएको छ। बाल सुधारगृहभित्र रहेका दुई समूहबीचको विवाद झडप अहिले कम भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमारविक्रम थापाले बताए।

रातिमा सुधारगृहभित्रबाट बाहिर रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो। सुधारगृहमा रहेका बालकबीच झडप हुँदा ११ जना बालक तथा उनीहरूले प्रहार गरेको ढुंगा लागेर तीनजना प्रहरी घाइते भएका थिए।

गत भदौ ८ गते भक्तपुर सुधारगृहमा रहेकामध्ये १८ जनालाई स्थानान्तरण गरी वीरगन्ज आएकै दिनदेखि आन्तरिक विवाद सुरु भएको उनले बताए। उनका अनुसार हस्तानान्तरण भएर आएकाे समूह र पहिलेदेखि बस्दै आएकाहरूबीच मंगलबार राति विवाद भई झडप हुँदा सुधारगृह रातिदेखि नै तनावग्रस्त छ।

झडपमा भक्तपुरबाट ल्याइएकामध्ये १० समेत गरी सुधारगृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको उनले बताए।

बाल सुधारगृहमा अहिले कुल एक सय ४९ जना बालक रहेको गृह प्रमुख टीका काफ्लेले जानकारी दिए। यहाँ पहिलेदेखि एक सय ३१ जना बालक थिए। १८ जना बालकलाई बीरगन्जको बाल सुधारगृहमा ल्याएर राखिएको थियो।

पर्साका प्रहरी उपरीक्षक शाहले बाल सुधारगृहभित्रको स्थिति सामान्य बनाउन प्रयास भइरहेको बताए। उनले जिल्ला अधिकारीसहित आफूहरू पुगेर बाल सुधारगृहमा आन्दोलित रहेका बालकसँग संवाद गरेर समस्या समाधानको पहल गरिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once