Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
27.1 C
Kathmandu

पाकिस्तान र भारतबीचको खेल आज पनि नहुने सम्भावना

spot_img

काठमाडौँ,२५ भदाै । एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक पाकिस्तान र भारतबीचको खेल आज पनि नहुने सम्भावना बढेको छ ।

सुपर फोरअन्तर्गत आइतबारका लागि तय भएको खेल वर्षाका कारण पूरा हुन नसकेपछि ‘रिजर्भ डे’ अर्थात आज पुनः उक्त खेल खेलाइने तालिका रहेको छ ।

तर स्थानीय समयअनुसार साँझ ५ बजेपछि श्रीलंकाको कोलम्बोमा निरन्तर वर्षा हुने सम्भावना रहेको छ र यसले खेललाई प्रभावित पार्ने प्रवल सम्भावना छ ।

यसअघि आइतबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा निरन्तर भारी वर्षा भएपछि खेल स्थगित भएको थियो ।

तर आज सोही अवस्थाबाट पुनः खेल सुरु हुने तय भएको छ । आइतबार भारतीय ब्याटर शुवमन गिल ५८ रन तथा कप्तान रोहित शर्मा ५६ रनमा आउट भए । विराट कोहली ८ तथा केएल राहुल १७ रन बनाएर अविजित रहेका छन् ।

पाकिस्तानका शदाब खान र शाहिन शाह अफ्रिदीले एक-एक विकेट हात पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once