Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026
spot_img
22.1 C
Kathmandu

वीरगंजका चार सामूदायिक विद्यालयमा अंग्रेजी माध्यम लागु

spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गरेको छ । महानगरले नयाँ शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापिठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेकाे हो ।

पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्न लागेको त्रिजुद्ध माविले सोमबार कक्षा ५ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रवेश परीक्षा लिएको छ ।

पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन  सुरु हुन लागेको विद्यालयमा विद्यार्थीको चाप बढी हुँदा प्रवेश परीक्षा लिएको विद्यालयका प्रधानाध्यापक नवीन कुमार मिश्रले जानकारी दिए ।

कक्षा ५ दखि ९ सम्म अध्ययनका लागि करिब ३ हजार भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको प्रअ मिश्रले बताए ।
सोमबार प्रवेश परीक्षा लिएका विद्यार्थीको नतिजा बिहीबार प्रकाशित गरिने महानगरको शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताए ।

पहिले अंग्रेजी माध्यममा शुल्क लिएर अध्यापन गराउँदै आएकोमा विद्यार्थी विद्यार्थी बिचमै विभेद भएपछि महानगरले विभेद हटाउन पूर्ण रुपमा निशुल्क अंग्रेजी माध्यममा मात्रै अध्यापन गराउन लागेको हो ।

पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन लागिएका ४ विद्यालय सहित पहिले वीरगंजमा सुरजीदेवि मावि र त्रिभुवन हनुमान माविले पनि अंग्रेजी माध्यममा समेत कक्षा सञ्चालन गर्दै आएका थिए । यश पटकबाट भने ४ वटालाई पूर्ण रुपमा अंग्रेजी र अन्यलाई नेपाली माध्यम बनाइएको हो ।

शुल्क लिएर अंग्रेजी माध्यममा पढाउँदा कतिपय विद्यालयमा व्यवस्थापन समितिसँग विवाद देखिएको थियो भने केही विद्यालयको पारदर्शितामा प्रश्न उठिरहेको थियो । सामुदायिक विद्यालयका प्रधानाध्यापकले बोर्डिङ चलाएको भन्दै सरोकारवालाले विरोध गर्दै आइरहेका थिए ।

महानगरको नेतृत्व परिवर्तन भएसँगै सामुदायिक विद्यालयमा विभेदरहित शिक्षा प्रदान गर्न मेयर राजेशमान सिंहले पहल थालेका थिए । उनकै निर्देशनमा वीरगंजका ४ वटा विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्य लागु भएकाे हाे ।

पटक पटकको छलफल र विज्ञहरुसंगको रायपछि पहिलो चरणमा ४ वटा विद्यालयबाट पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठनको सुरुवात गरिएको मेयर सिंहले बताए । नेपालीमा अध्ययन गर्न चाहनेका लागि पूर्ण रुपमा अंग्रेजी लागू भएका ४ वटा बाहेकका अन्य विद्यालयमा व्यवस्था मिलाइएको उनले वताए ।

महानगरमा ९१ वटा सामुदायिक विद्यालय छन् । विद्यालयमा आवश्यक स्रोत साधनको व्यवस्थापन महानगरले नै गर्ने गरि अंग्रेजी माध्यम सुरु गरेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once