Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
24.1 C
Kathmandu

बारामा कुशवाहलाई जिताउन डा. सिके राउतको ‘ग्राउण्डवर्क’ सुरु

spot_img

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा हुनलागेको उपनिर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले आ-आफ्नो गतिविधि अगाडि बढाएका । भोली सोमबार मनानोयान दर्ता कार्यक्रम पूर्व निर्वाचनमा भाग लिरहेका उम्मेदवार र नेताहरुले बारा पुगेर भेटघाटको कार्यक्रमलाई तीव्रता दिएका छन् ।
बरा-२ मा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार बन्न लागेका शिवचन्द्र कुशवाहले पनि जनताको घरघरमा पुगेर भोट माग्ने काम सुरु गरेका छन् । उनको घरदैलो कार्यक्रममा पार्टी अध्यक्ष डा. राउत पनिसँगै हिँडेका छन् ।
कुशवाहले आइतबार विहानदेखि बारा-२ मा पर्ने विभिन्न पालिकामा पुगेर जनतासँग भेटघाट गर्दै आफ्नो लागि मत मागिरहेका छन् । उनि मंसिरमा सम्पन्न निर्वाचनमा जसपाका रामसहाय यादवसँग झिनो मतको अन्तरले पराजित भएका थिए ।
जनमतका अध्यक्ष डा. राउतले चुनावी अभियानलाई निकै तीव्र पारेका छन् । आइतबार मात्रै बारा-२ मा पर्ने गढीमाई नगरपालिकाको बरियारपुरमा जनमतले ठूलो चुनावी सभाको आयोजना गरेको थियो ।
सभालाई सम्बोधन गर्दै डा. राउतले बाराका जनताले आफ्नो धर्तिपुत्र शिवचन्द्र कुशवाहलाई निर्वाचित गराएर पठाउने बताए । उनले उपेन्द्र यादवलाई इम्पोर्टेड उम्मेदवरको संज्ञा दिँदै बाराका जनताले पनि उनलाई सप्तरीका जनता जस्तै हारको मज्जा चखाउने बताएका थिए ।
यता, मनानोयन दर्ताको एकदिन अगाडि जसपा अध्यक्ष उपेन्द्र यादव पनि बारा आइपुगेका छन् । बारा पुगेका उनले कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका छन् ।
यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनाएपछि उपनिर्वाचन हुन लागेको छ । यहाँबाट रास्ट्रीय स्वतन्त्र पार्टी (रास्पा) को तर्फबाट पूर्वडीआइजी रमेश खरेलले पनि उम्मेदवारी दिँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once