Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

सहायक वन अधिकृत यादव निलम्बनमा

spot_img

वीरगंज । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । सेवाग्राहीबाट घुस लिइरहेको भिडियो प्रमाण फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो ।
वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रूपमा फेला परेको वन मन्त्रालयका एक अधिकृतले बताए । उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ । सहायक अधिकृत (सातौँ तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानबिन तथा जाँचबुझ कार्यमा झुटा सबुत–प्रमाण सङ्कलन गर्न सक्ने वा आफूविरूद्धका सबुत–प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साहविरुद्ध अवैध रूपमा वन पैदावार ओसारपसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए । गत चैत ६ गने अभियुक्त साह पक्राउ परे । जयनारायणले आफ्नो ट्र्याक्टर अरूलाई भाडामा दिएका थिए । भाडामा लिने व्यक्तिले उनको गाडीबाट काठ तस्करी गरेका थिए । अनुसन्धानको क्रममा सवारी साधन वनले नियन्त्रणमा लिएकोमा उनीसँग मुद्दा मिलाइदिने, पैसा नदिए जेल पठाइदिने भनेर धाकधम्की दिँदै अधिकृत यादवले झन्डै ४ लाख रुपैयाँ लिइसकेको थिए ।
थप घुस मागेपछि पीडितले नै विभिन्न निकायमा उजुरी दिएका थिए । घुस लेनदेन गरेको भिडियो नै भेटिए पनि उनी निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसमा छानबिन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once