Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
20.1 C
Kathmandu

बिल विजक भन्दा बढीको सामान लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा

spot_img

वीरगंज । बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.८ ख १६१३ र ना.४ ख ३८३१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू वीरगंजबाट नेपालगञ्जतर्फ लैजादै गरेको छ भन्ने सूचना प्राप्त भई खटिएको प्रहरी टोलीले ट्रकहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मंगलबार वीरगंज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू एक करोड एघार लाख उनान्सय हजार उन्नचालीस बराबरको रहेको उनले वताए । मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता गिरीले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once