Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
23.1 C
Kathmandu

नारायणी सिचाई व्यवस्थापन कार्यालय प्रमुख सिंहको मनोपरी, आफान्त भर्ना गरेको आरोप

spot_img

वीरगंज । नारायणी सिचाई व्यवस्थापन कार्यालय गण्डक बहअरी, पर्साका प्रमुख मनोरन्जन सिंहले नियम विपरित मनोपरी तरिकाले काम गरिरहेको समाचार प्राप्त भएको छ । सप्तरी निवासी प्रमुख सिंहले १० बर्षदेखि कार्यरत रहेका करारका कर्मचारीहरुलाई हटाएर आफ्ना आफन्तहरुलाई भर्ना गरेका छन् । नेपाल सरकारले काररमा नयाँ कर्मचारी भर्नामा रोक लगाए पनि उनले सुपरभाइजर, गेट अपरेटर र ढलफा लगायतका पदमा नयाँ कर्मचारीहरु भर्ना गरेका छन् । प्रमुख सिंहले नियम विपरित एक जना गेट अपरेटरको म्याद नथपेर विभिन्न पदमा आधा दर्जन भन्दा बढी आफ्नो गृह जिल्ला सप्तरीको व्यक्तिहरुलाई न्युक्त गरेको कर्मचारी स्रोतले जनाएको छ । प्रमुख सिंहले नयाँ न्युक्त गरेका कर्मचारीहरुको लुकाएर छुट्टै रजिष्टरमा हजारी गराइरहेका छन् । यसका साथै प्रमुख सिंहले अवकाश प्राप्त कर्मचारीहरुलाई समेत ज्यालादारीमा राखेर काम गराइरहेका छन् । तर १० बर्षदेखि कार्यरत कर्मचारीको म्याद थप्न मानेका छैनन् । यस्तै प्रमुख सिंहले विना टेन्डर कोटेशनको भरमा पानी नै नजाने बलक नम्बर १४ अन्तर्गतको नहरको सरसफाई गराइरहेका छन् । स्रोतका अनुसार प्रमुख सिंहले एक कर्मचारी मार्फत नहरको सरसफाई गराए पनि पछि पक्रिया पुर्याएर ठेक्दार कम्पनी मार्फत प्यामेन्ट गर्ने योजना रहेको छ । यसैगरी विना टेन्डर बाराको बसवरियास्थित १२ नम्बर बलकमा गेट समेत निर्माण गराएका छन् । त्यहाँस्थित नहरमा समेत पानी नजाने गरेको स्थानियहरुको भनाई छ । यस विषयमा बुझ्न प्रमुख सिंहले प्रयोग गर्दै आएको मोबाइल नम्बरमा फोन गर्दा सुचना अधिकारी सुरेश साहले फोन उठाए पनि केही बताउन चाहेनन् । सोमबार फोन गर्दा म एउटा मिटिङमा रहेकोले एक घण्टापछि कुरा गर्ने वताएका थिए । पछि मंगलबार पुनः फोन गर्दा आफु दुर्घटनामा परेर खुट्टा फ्रेकचर भएका कारण पेन भइरहेकोले कुरा गर्न नसकिने वताए । उनले कार्यालयमा भेटेर कुरा गर्न भन्दै कुरा गर्न चाहेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once