Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
25.1 C
Kathmandu

उपकार सेवाद्वारा सामुदायिक विद्यालयमा वाटर फिल्टर जडान

spot_img

वीरगंज । उपकार सेवा नेपाल सामाजिक संस्थाले एक सामुदायिक विद्यालयमा चार थान वाटर फिल्टर जडान गरेको छ । उपकार संस्थाले बारा जिल्लाको गंजभवानीपुर स्थित रहेको श्री भोला माध्यमिक विद्यालयका चार थान वाटर फिल्टर जडान गराएको संस्थाकी अध्यक्ष पुजा सरावगीले जानकारी दिए ।
जडान गरिएको वाटर फिल्टर विद्यालय परिसरमा एक कार्यक्रम गरि विद्यालयका प्रधानाध्यापक रामाकान्त गुप्तालाई संस्थाकी अध्यक्ष सहितका पदाधिकारीहरुले हस्तान्तरण गरेका हुन । समाज बनाउन र भविष्यका कर्णधार तयार भइरहेको संस्थालाई आफूहरु सहयोग गर्न पाउदा निकै राम्रो लागि रहेको र आउने दिनहरूमा पनि यस्ता गतिविधि निरन्तर जारी राख्ने सरावगीले बताइन् । विद्यालय मै पुगेको सामाजिक संस्थाको टोलीलाई विद्यालयका प्रधानाध्यापक गुप्ताले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि चाहिने सहयोगका लागि आशावादी रहेको जानकारी गराए । हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष सरावगी, सज्जन अग्रवाल, हेमन्त सरार्फ, विनय गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once