Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

ईप्रका पटेर्वा सुगौलीद्वारा अन्तक्रिया कार्यक्रम

spot_img

वीरगंज । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले स्थानिय शान्ति सुरक्षाको बारेमा अन्तक्रिया एंव परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा हालै सरुवा भई आएका प्रहरी निरिक्षक रामराजा केशरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा इप्रकाको कार्यक्षेत्र पर्ने गाउँपालिकाहरुको जनप्रतिनिधि, भलभलादमी,बुद्धिजीवी,समाज सेवी,अगुवा एवं सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पर्सागढी नगरपालिकाका पूर्व. मेयर लोकनारायण यादव,सखुवाप्रसौनी गाउँपालिका पूर्व अध्यक्ष प्रदिप जैसवाल,सखुवाप्रसौनी गाउँपालिकाको उपाध्यक्ष शर्मीला बिष्ट,सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष बासुदेव महतो थारु,वडा ३ का अध्यक्ष मोजामील अन्सारी, समाज सेवी महेन्द्र चौधरी थारु लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित रहेका स्थानिय अगुवाहरुले शान्ति सुरक्षा सुरक्षा, लागुऔषध ओसार पोसार तथा प्रयोग,स्थानिय युवाको समस्या लगायतको बिषयमा प्रहरी निरीक्षक केशरीलाई अवगत गराएका थिए । कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक केसरीले आफ्नो ईलाका अन्तर्गत पर्ने हरेक गाउँ टोलको शान्ति सुरक्षामा कुनै किसिमको कन्जुसयायी नगर्ने वाचा गरे ।
उनले लागु औषध ओसारपसार बेचबिखन तथा सेवन गर्ने युवाको बारेमा धेरै गुनासो आएको हुँदा नियुनिकरणको कामलाई उच्च प्राथमिकतामा राखेर अगाडी बढने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once