Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

भुटनदेवी मन्दिर नजिकको सार्वजनिक जग्गा कब्जा गरेको भन्दै महानगरलाई ज्ञापन

spot_img

वीरगंज । वीरगंज भुटनदेवी मन्दिर नजिकैको सार्वजनिक सम्पती कब्जा गरेको भन्दै स्थानीयले महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवास्थित भुटनदेवी मन्दिर नजिकैको सार्वजनिक सम्पती कब्जा गरेको भन्दै त्याहाँका स्थानीयले कारबाही गर्न महानगर प्रमुख सिंहको ध्यानाकर्षण गराएका हुन् ।
भुटनदेवी मन्दिर नजिकैको एक सार्वजनिक जग्गालाई कब्रिस्थान बनाउने नाममा कब्जा गर्न खोजेको भन्दै स्थानीय अमन कलवारले आपत्ती जनाएका छन् ।
सोही जग्गामा राष्ट्रिय कृषि बजार बनाउने योजना रहेको हुँदा कानुनको उल्लङ्घन हुने गरी जग्गा कब्जा गर्नेलाई कारवाही गर्नुपर्ने स्थानीय राजन साहको भनाई छ । महानगरका प्रमुख सिंहले पनि सार्वजनिक जग्गाको अतिक्रमण हटाउने महानगरले अभियान थालेको र कसैले पनि सार्वजनिक सम्पती हड्प्न खोजे कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएका छन् ।
ज्ञापन पत्र बुझाउँन वीरगंज महानगरपालिकाको कार्यालयमा अमन कलवार, संदिप सिंह, राजन साह, आकाश पटेल, छोटु रौनियार, राहुल ठाकुर, सनि मुखीया, प्रितम कलवार, आकाश पटेल लगायत पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once