Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

सिद्धार्थ माध्यमिक विद्यालयका पूर्व बिद्यार्थीहरुले मनाए होली

spot_img

वीरगंज । सिद्धार्थ माध्यमिक विद्यालय वीरगंजबाट २०६२ सालमा एस.एल.सि. पास गरेका बिधार्थीहरुले शनिबार भेला भएर होलि मिलन कार्यक्रम गरेका छन् ।
वीरगंजस्थित भुटन देबि मन्दिरको प्राङ्गणमा होली मिलन समारोहको आयोजना गरि सिद्धार्थ माविका पूर्व विद्यार्थीहरुले होलीको शुभकामना अदानप्रदान गरेका हुन् । सो अवसरमा उपस्थित बिद्यार्थीहरुले एक आपसमा अबिर टिका लगाई शुभकामना अदान प्रदान गरेका थिए । कार्यक्रममा बि.स २०६२ सालमा एस.एल.सि पास गरि बिभिन्न क्षेत्रमा कार्यरत प्रहरी, डाक्टर, बैंकर्स, संचारकर्मी, व्यवसायि लगायतकालाई सम्मानित समेत गरिएको थियो ।
कार्यक्रममा अनिल पटेल, राज श्रीवास्तव, राकेश साह, अरबिन्द साह, नरेश यादव, प्रमोद राज पटेल, राजेशवर पटेल, मैनोदिन अन्सारी, फैयाज अन्सरी, दिलिप चौधरी, भीष्म चौधरी, लक्ष्म्न साह, लालबाबु साह, तेजनाथ तिवारी, मधुसूदन लोहनी लगायतको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once