Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

तेली समाजको होली मिलन भव्य रुपमा सम्पन्न

spot_img

वीरगंज । तेली कल्याण समाज नेपाल, पर्साको आयोजनामा शनिबार वीरगंजमा होली मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । रेडियो वीरगंज परिसरमा भएको कार्यक्रममा सहभागिहरुले अबिरको टिका लगाएर होलीको शुभकामना अदानप्रदान गरेका थिए । कार्यक्रममा वोल्ने वक्ताहरुले होली पर्वको मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । खास गरि होली मौलिक परम्परामा अधारित रहेको तर यता केहि बर्ष देखि परम्परागत गित हराउँदै गएकोले त्यसलाई संरक्षण गर्न जरुरी रहेको वक्ताहरुको भनाई थियो । तेली समुदायका अगुवा, अग्रज र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा गायक अनिल बर्माले बिजोड प्रस्तुती राखेका थिए ।
समाज पर्साका अध्यक्ष ध्रुव साहको अध्यक्षतामा भएको कार्यक्रम तेली समाजका केन्द्रिय अध्यक्ष बिश्वनाथ साह, पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राज पाल, संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र साह, नेकपा एमालेका नेता बलिराम साह लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन तेली समाज पर्साका सचिव बिरेन्द्र साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once