Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

एकीकृत सरकारी कर्मचारी संगठन पर्साको प्रथम अधिवेशन सम्पन्न

spot_img

वीरगंज । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल पर्साको प्रथम जिल्ला अधिवेशन शनिबार वीरगंजमा सम्पन्न भएको छ । जिल्ला समन्व समिति पर्साको सभाकक्षमा भएको अधिवेशनमा संदिप पटेलको अध्यक्षता २१ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएका छन् ।
संगठनको उपाध्यक्षमा सुरेन्द्र प्रसाद यादव, सचिवमा राजेश राम, सह सचिवमा रोहित यादव, कोषाध्यक्षमा पप्पु पटेल लगायत सम्पूर्ण कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी महाधिवेशनको केन्द्रिय प्रतिनिधिमा हृदयनारायण साह, मनोज साह, पदम बहादुर खत्री समेत निर्विरोध चुनिएका छन् । अधिवेशनको उद्घाटन पूर्व मन्त्री एवम् नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चौधरीले गरेरुका थिए ।
अधिवेशन उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामचन्द्र साह, चिरन्जिवी अचार्य, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, एकीकृत कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष एवम् मधेश प्रदेश इन्चार्ज जयकान्त झा, अधिकारी ट्रेड युनियन पर्साका निर्वतमान अध्यक्ष सुबदार यादव, नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, नेपाल निजामती कर्मचारी युनियन पर्साका उपाध्यक्ष धिरेन्द्र सिंह, राष्ट्रिय कर्मचारी संगठनका शुभाष गुप्ता, खुशबु मिश्रा लगायतको सहभागिता रहेको थियो ।
यसैगरी शनिबार नै एकीकृत कर्मचारी संगठन वीरगंज महानगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पर्सा कै सभाकक्षमा भएको अधिवेशनमा ओमप्रकाश रामको अध्यक्षतामा महानगर समिति निर्विरोध निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once