वीरगंज । ठाकुर राम बहुमुखी क्याम्स वीरगंजको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाल विद्यार्थी संघलाई जिताउन नेपाली कांग्रेस पर्साले समन्वय समिति गठन गरेको छ । कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जिल्ला सह सचिव नविन कुमार सिंहको संयोजकत्वमा उक्त समिति गठन गरेका हुन् ।
सभापति क्षेत्रीले समन्वय समितिको सदस्यमा नेपाल तरुण दल पर्साका अध्यक्ष बिकास तिवारी, हरिन्द्र यादव, सुरेन्द्र लामिछाने, रामनिवास यादव, ने.वि.संघ इकाई अध्यक्ष मनोज कुमार साह, ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादवलाई मनोयन गरेका छन् । नेवि संघलाई विजयी बनाउन आवश्यक सबै कार्य सम्पादनको लागि सिंहको संयोजकत्वमा गठित समितिलाई जिम्मेवारी समेत दिइएको छ ।
त्रिभुवन विश्व बिधालय अन्तर्गत रहेको ठा.रारु.ब. क्याम्पसमा स्व.वि.यू. को निर्वाचन चैत ५ गते घोषणा भए बामोजिम नेपाली कांग्रेस अन्तर्गत रहेको भातृ संगठन ने.वि. संघलाई विजयी बनाउन कांग्रेस पर्साले पार्टी निकटका विभिन्न संगठनका नेताहरुलाई जिम्मेवारी दिएको हो ।





