Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
23.1 C
Kathmandu

सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा अन्तरक्रिया कार्यक्रम

spot_img

वीरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ त्रिमुर्ती टोलस्थित चिल्ड्रेन वल्र्ड सेकेण्डरी स्कुलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विकासका लागि नागरिक सचेत हुनुपर्ने आवश्यक्ता औँल्याए । साथै नागरिक सचेत भएमा मात्रै विकास हुने भएकाले नागरिकलाई प्रहरीमार्फत सचेत बनाउन सामुदायिक सेवा केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, बरिष्ठ पत्रकार जगदिश शर्मा, त्रिमुर्ती टोेल सुधार समितिका अध्यक्ष उमा मिश्रा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रवक्ता दिपक गिरी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको सहभागितामा विभिन्न सामाजिक एवम् विकासका कामका सम्बन्धमा छलफल भएको केन्द्रका सचिव दिलिप प्रधानले जानकारी दिए ।
अन्तरक्रियामा टोललाई व्यवस्थित बनाउनुका साथै सरसफाई एवम् बिग्रिएका सीसी टिभी क्यामरा जडान गर्ने विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once