वीरगंज । उपकार सेवा नेपालले एक विद्यालयलाई पंखा सहयोग गरेको छ । संस्थाले वीरगंज महानगरपालिकाको वडा नम्बर १० आदर्शनगर स्थित रहेको बालमंदिर आधारभुत विद्यालयलाई १० थान पंखा सहयोग गरेको हो ।
विद्यालयमा मै पुगी एक कार्यक्रमको बिच विद्यालयलाई पंखा हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष बिध्या सरावगीले जानकारी दिइन । आउँदै गरेको गर्मीका कारण पठनपाठनमा बालबालिकालाई कुनै किसिमको समस्या नहोस् भन्ने उदेश्यका साथ विद्यालयको कक्षा कोठामा जाड़ान गर्नका लागि १० थान सिलिगं पंखा सहयोग गरिएको अध्यक्ष सरावगीले वताइन ।
अध्यक्ष सरावगीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश प्रसाद अग्रवाल र प्रधानाध्यापक चन्देश चौहानलाई पंखा हस्तान्तरण गरेकी थिइन । विद्यालय परिसरमा गरिएको सो हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सज्जन अग्रवाल, सुमन बगरिया, समाजिक अभियन्ता प्रकाश थारु लगायतको उपस्थिति रहेको थियो ।





