Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
23.1 C
Kathmandu

वीरगंजमा ४८ कर्मचारी माग गर्दा १ हजार ६८२ जनाको आवेदन

spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले विभिन्न ४८ पदका लागि कर्मचारी माग गर्दा १ हजार ६८२ जनाले आवेदन बुझाएका छन् । सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त परेको छ ।
कम्प्युटर अपरेटर ३३ जना माग गरेकामा आवेदन बुझाउने अन्तिम दिन बिहीबारसम्म १ हजार ४८० जनाको आवेदन परेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । २ जना सिभिल इन्जिनियरको माग भएकोमा २४ जना, १/१ जना माग भएको रोजगार सहायक र कम्प्युटर इन्जिनियर पदमा क्रमशः २८ र ३१ जना, अमीन सहायक चौथोका लागि ११ जना माग भएकोमा ११९ जनाको आवेदन परेको छ ।
महानगरले गत २५ माघमा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो । परीक्षा मिति केही दिनमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once