Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
17.1 C
Kathmandu

वीरगंजमा रात्री सांस्कृतिक तथा खाना मेला

spot_img

वीरगंज । वीरगंज कलेजको आयोजना शुक्रबारदेखि वीरगंजमा रात्री सांस्कृतिक तथा खाना मेला सुरु भएको छ । वीरगंजको घण्टाघरस्थित पार्कमा लागेको मेला दुई दिनसम्म चल्ने घण्टाघर वीरगंज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले बताए । विद्यार्थी पढाईसँगै आत्म निर्भर हुनु पर्ने भन्दै डा. चौधरीले सिक्दै जाउँ कमाउँदै जाउको अवधारणा अन्तर्गत कार्यक्रमको आयोजन गरिएको बताए ।
उनले मेलामा लोक खाना तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने बताए । सांस्कृतिक कार्यक्रममा कलेजका विद्यार्थीहरु सहित पर्साका चर्चित गायक सुनिल पंडितको समेत प्रस्तुति हुने डा. चौधरीले बताए । मेलाको व्यवस्थापन मात्र कलेजले गरेको बाँकी मेलामा सम्पूर्ण परिकार बनाउने, बिक्री वितरण गर्ने तथा सांस्कृतिक कार्यक्रमको समेत सम्पूर्ण जिम्मा विद्यार्थीहरुलाई दिइएको कलेजका प्रकाशन प्रमुख सुरेन्द्र चौधरीले बताए ।
घण्टाघर अगाडी रहेको बिपी उद्यान छेउको फुटपाथमा निर्माण भएको स्टलहरु विद्यार्थीहरुलाई जिम्मा लगाई सकिएको चौधरीको भनाई छ । मेला दिउँसो ३ बजेदेखि राति १० बजेसम्म लाग्ने कलेजले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once