Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
17.1 C
Kathmandu

स्ववियु निर्वाचन नजिकिदै : संगठन विस्तारमा समाजवादी विद्यार्थी युनियनको जोड

spot_img

वीरगंज । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि क्याम्पसमा विद्यार्थी संगठनहरुको सक्रियता बढेको छ । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा संगठन विस्तारलाई जोड दिएको छ । संगठन विस्तार अभियानअन्र्तगत बिहिवार व्यवस्थापन संकायतर्फ प्रथम वर्ष (बिबिएस फस्ट इयर) कक्षा ईकाई कमिटी गठन गरिएको छ ।
सौकत अलीको अध्यक्षतामा १९ सदस्यीय कक्षा कमिटी गठन गरिएको ठाकुरराम क्याम्पस ईकाई कमिटीका उपाध्यक्ष शशीकान्त सर्राफले जानकारी दिए । उपाध्यक्ष सर्राफकाअनुसार नवगठीत कक्षा कमिटीको उपाध्यक्षमा सोनाली चौधरी, सचिवमा सोहेब अन्सारी, सहसचिवमा महमद ओसामा अन्सारी, कोषाध्यक्षमा अमन सर्राफ चयन भएका छन् । सदस्यहरुमा राजकुमार राम, नितेश ठाकुर, सजन कुमार कानु, आशिक अन्सारी, दिलसाद अन्सारी, क्याश अली, महमद क्यास, देराहिन अन्सारी, नरेन्द्र कुमार महतो, निभा चौरसिया, अर्मान मलिक, विवेक पटेल, सनी गुप्ता र राजु अन्सारी रहेका छन् ।
क्याम्पसको शैक्षिक, भौतिक लगायतका अवस्थामा सुधारका लागि विद्यार्थी संगठनको आवश्यक्ता औँल्याउँदै समाजवादी विद्यार्थी संघका क्याम्पस इकाई कमिटी अध्यक्ष हरेन्द्र साहले संगठन विस्तारलाई जोड दिएको बताए । कक्षा कमिटीले कक्षाभित्रका समस्या र विषयहरुको उठान गर्ने अध्यक्ष साहको विश्वास छ । बिबिएस प्रथम वर्षदेखि सुरु गरिएको संगठन विस्तार अभियानलाई निरन्तरता दिने ईकाई कमिटीका उपाध्यक्ष शशीकान्त सर्राफले बताए । हरेक कक्षामा कक्षा कमिटी गठन गर्ने र उनीहरुलाई क्याम्पसमै विभिन्न गतिविधि गर्न लगाएर सक्रिय बनाउने सर्राफको भनाई छ । कक्षा कमिटीले उनीहरुको क्षमता अभिवृद्धी हुनुका साथै पद र जिम्मेवारी पाउँदा व्यक्तित्व पनि विकास हुने सर्राफको विश्वास छ ।
कक्षा कमिटी गठन गर्ने क्रममा समाजवादी विद्यार्थी युनियनका पर्सा जिल्ला सदस्य रणधिर वणर्वाल, अर्जुन साह, विद्यार्थी नेताहरु सागिर अली, आयुष यादव, हरिकिशोर यादव, हरिशंकर यादव, कृष्ण साह, सर्फराज अहमद, मनिष कुशवाह, दिपक पटेल, मेघराज यादव लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once