Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
17.1 C
Kathmandu

पर्सामा स्कारपियोकाे ठक्करबाट एक विद्यार्थीकाे ज्यान गयाे

spot_img

वीरगंज । पर्साकाे ठाेरीमा स्कारपियोकाे ठक्करबाट एक विद्यार्थीकाे मृत्यु भएकाे छ । कोचिङ्ग पढ‍ेर घर फर्किने क्रममा ठोरीबाट वीरगञ्ज तर्फ आउदै गरेको स्कारपियोकाे ठक्करबाट ठोरी गाउँपालिका वडा नं.४ विजयवस्ती निवासी १३ बर्षिय विश्वास श्रेष्ठकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.४ विजयवस्ती स्थित हुलाकी सडक खण्डमा मंगलबार विहान ०८:३० बजेको समयमा नम्बर एकिन नभएको सेतो रंगको स्कारपियो गाडीले ठक्कर दिदा श्रेष्ठको टाउको र शरीरमा गम्भिर चोट लागेर घाइते भएका थिए । घटनाकाे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी विजयवस्ती पर्साबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते श्रेष्ठलाई उपचारार्थ तराइ अस्पताल वीरगंजमा ल्याई भर्ना गरेकाे थियाे । उपचार हुँदाहुँदै मंगलबार विहान १०:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले दुर्घटना पश्चात फरार रहेको बाग्मती प्रदेश – ०१-०२७ च ०३०३ नम्बरकाे स्कार्पियाे गाडी र चालक जिल्ला चितवन माडी ३ बस्ने वर्ष २५ को पदम बिलास पन्त वतनकालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । यसका साथै मृतक लासको लास जाँच प्रकृति मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का र ट्राफिक स्केच लगायतका कार्यहरू समपन्न गरी थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once