Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
17.1 C
Kathmandu

एनआईसी एशिया बैंकलाई दोस्रो पटक जरिवाना

spot_img

वीरगंज, ८ फागुन । वीरगंज महानगरपालिकाले पटक पटक बाटोमा फोहोर फ्याल्ने एनआइसी एशिया बैंक वीरगंज शाखालाई रु ११ हजार जरिवाना गरेको छ । यस अघि पनि महानगरपालिकाले एनआईसी एशिया बैंकलाई पहिलो पटक चेतावनी र दोश्रो पटक रु ५ हजार जरिवाना गरिसकेको छ । आइतबार अनुगमनको क्रममा सरसफाइको गाडीमा फोहोर नदिएर बाटोमा फोहोर फ्याकेको भेटिएपछि ११ हजार जरिवाना गरिएको महानगरपालिका सरसफाई अधिकृत सर्फुदिन मियाँले जानकारी दिए । बैंक जस्तो जिम्मेवार संस्थाबाट यसरी पटकपटक फोहोर गर्नु कानुन र मर्यादाको विपरीत भएकोले अब उप्रान्त फ्यालिएको भेटिएमा रु २५ हजार देखि २ लाख सम्म जरिवाना गरिने सरसफाइ पार्किङ संयोजक प्रकाश खेतानले बताए । वीरगंज महानगरपालिकाले सरसफाई प्राथमिकतामा राखी अभियान नै चलाएको खेतानले बताए । रु ५ सयबाट सुरु गरेको जरिवाना रु १ हजार हुँदै रु ५ हजार सम्म गर्दै आएको छ । रु ११ हजार जरिवाना गरेको यो पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once