Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
18.1 C
Kathmandu

प्रतिबन्धित लागुऔषधसहित चितवनका युवक पक्राउ

spot_img

वीरगंज, ५ फागुन । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्क भानु चौकमा शंकास्पद अवस्थामा हिँडीरहेका एक युवकलाई चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी २० वर्षीय सुजन ठकुरीले आफ्नो शरीरमा सेतो टेपले बेरी लुकाईछिपाई ल्याएको प्रतिबन्धित लागु औषध फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार ठकुरीको साथबाट१५ एम्पुल डाइजेपाम, १५ एम्पुल नुर्फिन, १५ एम्पुल फेनारगन सहित २८ पत्तामा २ सय ८० पिस नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको छ । ठकुरीविरुद्ध लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once