Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंजमा नक्कली सुन देखाएर ठगी, ४ जना पक्राउ

spot_img

वीरगंज, ४ फागुन । नक्कली सुन देखाई ठगी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट ४ जनालाई पक्राउ गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने ३१ वर्षीय रामवीर चौधरी, वडा नं. ६ बस्ने ४५ वर्षीय लालबाबु राय यादव, वडा नं. १८ बस्ने ३८ वर्षीय राकेश कुर्मी र वडा नं.१७ बस्ने वर्ष २७ वर्षीय अवधेश कुमार राय पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नं. १५ हिमालयन होटल अगाडिबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले बीआर३१पी ०६४९ नम्बरको गाडीमा बसेर सर्वसाधारणलाई नक्कली सुन (बिस्कुट आकारको १ किलो लेखिएको धातु ) देखाई भ्रममा पारी ठगी गर्ने नियतले बिक्री गर्न लागेको प्रहरीको दाबी छ । प्रहरीले उनीहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेट भएको गाडी र सुनको जलप भएको पहेँलो बिस्कुट आकारको धातु पनि बरामद गरेको छ ।
वीरगञ्ज सुनचाँदी व्यवसायी संघमा पठाएर परीक्षण गराउँदा सुनको जलप भएको धातु भनी पुष्टी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनीहरु विरुद्ध ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once