Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
20.1 C
Kathmandu

भारतमा ९ महिनादेखि हराएका युवकको वीरगंज महानगरद्वारा उद्धार

spot_img

वीरगंज, २ फागुन । वीरगंज महानगरपालिकाले ९ महिनादेखि हराएका एक युवकलाई भारतबाट उद्धार गरि अभिभावकको जिम्मा लगाएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २१ का ३० वर्षिय इब्राहिम देवानलाई अभिभावकले उपचारका लागि भारत लिएर गएका बेला उनि किछौछा दरगाह सरीफबाट हराएका थिए । ९ महिना पहिले हराएका देवानलाई, वीरगंज महानगरपालिकाले गठन गरेको खोज तलाश समितिले बिहारको समस्तीपुरमा फेला पारेर उद्धार गरि घर फर्काएको हो ।
वीरगंज महानगरपालिकाले उपमेयर इम्तियाज आलमको नेतृत्वमा खोजतलाश समिति नै गठन गरेको छ । त्यहि समितिको पहलमा देवानलाई उद्धार गरिएको हो । मंगलबार उपमेयर आलमले आफनै कार्यकक्षमा देवानका बुबा शाह महम्मदलाई बोलाएर देवानलाई जिम्मा लगाएर घर पठाएका हुन् ।
केहि दिन पहिले देवान, बिहारको समस्तीपुर जिल्लाको मुमरी धरारी थाना नजिक रुपौलीमा रहेको जानकारी खेजतलाश समितिले पाएको थियो । त्यसपछि समितिका सदस्य र वीरगंज महानगरको बालअधिकार समितिकी प्रमुख साबित्री भण्डारी सहितको टोलीले भारतमा गएर देवानलाई उद्धार गरि वीरगंज ल्याएर मंगलबार परिवारको जिम्मा लगाएको उपमेयर आलमका प्रेस संयोजक सद्धाब मलिकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once