Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
20.1 C
Kathmandu

बीरगन्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेका छौं : मेयर

spot_img

वीरगंज, २ फागुन । बीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले बीरगन्जलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न महानगरपालिका लागेको बताएका छन् ।
बीरगन्ज महानगरको वडा नं. १४ स्थित पिपरा चिनीमिल आवास क्षेत्र भित्र रहेको पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको प्रवचन तथा महाआरती कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताएका हुन् । उनले कसैले चाहदैंमा पिपराको नाम परिवर्तन हुन नसक्ने बताउदैं आफुहरु पशुपति मन्दिर क्षेत्र र नृसिंह मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयासमा रहेको जानकारी दिए ।
पशुपति मन्दिर क्षेत्रलाई थप सौन्दर्यकरण गर्दै यसको संरक्षणको जिम्मा महानगरले लिने समेत उनले उद्घोष गरे । उनले नृसिंह मन्दिरलाई पनि ४० करोडको लागतमा भव्य बनाइने जानकारी दिदैं छिट्टै यसको काम अगाडि बढ्ने समेत घोषणा गरे । यसैबीच, वीरगन्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा वीरगन्जमै पहिलो पटक पिपरा स्थित सो पशुपतिनाथ मन्दिरमा प्रवचन तथा महाआरती सोमबार सम्पन्न भएको छ । महाआरतीमा काशी विश्वनाथका मूल पुजारी पण्डित डा.श्रीकान्त मिश्र, पशुपतिनाथ मन्दिर काठमाण्डौका भट्ट र जनकपुरधामका महन्थ समेत उपस्थिति रहेको थियो ।
तराईमै एक मात्र रहेको पशुपति नाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गरिएको मेयर सिंहले बताए ।
महाआरतीमा बीरगन्ज उपमहानगरपालिका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, बीरगन्ज महानगरपालिका सद्भावना दुत अशोक वैद्य, बीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासमा शैलेन्द्र झा, बीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल लगायत हजारौंको संख्यामा भक्तजनहरुको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once