Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
22.1 C
Kathmandu

प्रदेश सांसद जयसवालको योजना छान्दै स्थानिय नागरिक

spot_img

वीरगंज, १ फागुन । पर्सा क्षेत्र नं. ३ (१) बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य (सांसद) प्रमोद जयसवाले नयाँ अभ्यासको सुरुवात गरेका छन् । प्रदेश सांसद जयसवालले संसदिय विकास योजना छान्न जिल्ला मै नयाँ अभ्यासको शुरुवात गरेका हुन् । उनले क्षेत्र अन्तर्गतको सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ मधुवन मथौलमा आइतबार ‘प्रदेश सांसद विकास योजना सम्बन्धि वडा स्तरिय छलफल कार्यक्रमको आयोजना गरेका छन् । यस अघि सांसद जयसवालले यस्तै कार्यक्रम सखुवा प्रसौनी गाउँपालिकाको वडा न. ४ देउरवानामा आयोजना गरि स्थानिय संग योजना छनौट बारे छलफल गरेका थिए ।
मधुवल मथवलमा आयोजित कार्यक्रमका सहभागीहरुले आफुहरुसंग रायसल्लाह गरी विकास योजना गर्ने परिपाटीको विकास गरेकोमा खुशी व्यक्त गर्दै सांसद जयसवाललाई धन्यवाद दिएका थिए । उनीहरुले यस्तो कार्य आफुहरुको क्षेत्रमा पहिलो पटक भएको वताए । स्थानिय नेता रामा दास थारुको अध्यक्षता र सांसद जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुर्व गाविस अध्यक्ष लालदेव उराव, स्थानिय नेता मनबुद्धि उराव, स्थानिय युवा मनोज पटवारी, अशोक साह लगायत दर्जनौ अगुवा महिला–पुरुषले आ–आफ्नो बिचार राखेका थिए । आफ्नो मन्तव्य राख्दै पुर्व गाबिस अध्यक्ष लालदेव महतो उरावले आफु राजनितिमा लागेको दशकौ बिति सकेको भए पनि यस क्षेत्रका कोही सांसद तहका नेताले यस प्रकार जनताको भेलाबाट राय सल्लाह गरी योजना छानेको नदेखेको भन्दै हाम्रो छोरा सरहका उमेरका जयसवालजीको काम गर्ने प्रक्रिया देख्दा खुशि लागेको वताए । उनले आफ्नो क्षेत्रका प्रदेश सांसद जयसवाललाई धन्यवाद र सफलताको शुभकामना दिन चाहन्छु भन्दै क्षेत्रको विकासको लागि आफुबाट हुने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
जनमुखी विकास पद्धति अनुसार काम गर्ने चुनाव ताकाको आफ्नो प्रतिबद्धता अनुसार सबै नागरिकहरुको साथ सहयोग र सहकार्यमा विकास कार्य अघि बढाउन आफु हर सम्भव प्रयास गर्न लागि परेको प्रदेश सांसद जयसवालले वताए । उनले सबै मिलेर आफ्नो ठाउँको विकासमा एकजुट भएर लाग्न र तिन वटै तहका सरकारलाई नागरिकको हितमा जिम्मेवार बनाउन खबरदारी र सहयोग गर्न आम नागरिकलाई अनुरोध गरेका थिए । योजना छनौट प्रकियाको सहजीकरण समेत सांसद जयसवालले नै गरेका थिए । कार्यक्रमको अन्तमा ५१ सदस्यीय ‘प्रदेश सांसद वडा स्तरिय विकास समन्वय समिति’ र शिक्षा, स्वास्थ्य, कृषि, वन–पर्यटन, महिला बिकास लगायतका केही बिषयगत समितिहरु निर्माण गरी काम गर्ने सहमती भएको थियो । उल्लेख्य जनसहभागिता रहेको कार्यक्रममा समस्या पहिचान, योजना छनौट र बिश्लेषण गर्ने कार्य भएको थियो । यस्तो कार्यक्रम क्षेत्रका १६ वटै वडाहरुमा सन्चालन गर्ने योजना रहेको सांसद जयसवालको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once