Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
29.1 C
Kathmandu

४५ दिने निःशूल्क ब्युटिसियन तालिम सम्पन्न

spot_img

वीरगंज, १९ माघ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ मा ४५ दिने ब्युटिसियन तालिम सम्पन्न भएको छ । वडा नम्बर ७ को आयोजनामा सञ्चालित तालिम बिहिवार एक समारोहका बिच सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेर समापन गरिएको हो ।
वडा नम्बर ७ का वडाअध्यक्ष हिराकाजी महर्जनले वडाका महिलाहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताए । यस तालिमबाट सिकेका कुराहरुलाई व्यावहारमा लागु गरी आयआर्जनको बाटो खोल्न र आत्मनिर्भर बन्न उनले सुझाव दिएका छन् । सीपको सदुपयोग गर्न आग्रह गर्दै उनले आगामी दिनमा पनि यस्तै सिपमुलक तालिमलाई निरन्तरता दिने बताए ।
तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुलाई सब्बु खातुन र राधा चौधरीले प्रशिक्षण दिएका थिए । तालिमको समापन समारोहमा वडा सचिव सतिश कुमार श्रीवास्तव, वडा सदस्य सोसिता रायमाझी, पुनम देवी लगायतको उपस्थिती रहेको थियो । सरिता सिप कला केन्द्रकी अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बंशीधर गुप्ताले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once