Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
29.1 C
Kathmandu

पर्सा प्रहरीद्वारा प्रतिबन्धित लागुऔषध सहित दुईजना पक्राउ

spot_img

वीरगंज, १९ माघ । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली निवासी १९ वर्षीय नितेश गुप्ता तथा भारत विहार जिल्ला बेतिया ग्राम कुढवा मठिया वडा नं. ७ निवासी २१ वर्षीय मन्दिप यादव रहेका छन् ।
वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार अगाडि नियमित चेकजाँचको क्रममा भारतबाट लुकाई छिपाई पैदल नेपाल भित्र्याउन लागिएको लागुऔषध नाइट्रोभेट सहित गुप्ता र यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका गुप्ताको साथबाट प्रहरीले प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ६ सय पिस तथा यादवको साथबाट नाइट्रोभेट ६ सय पिस गरि १२ सय पिस लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार लागुऔषध लिई पैदल नेपाल तर्फ आउँदै गरेको दुबै जना शंकास्पद रुपमा हिँडि रहेको हुँदा तिनीहरुलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध नाइट्रोभेट बरामद भएको बताए । बरामद गरिएको लागुऔषध सहित पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once