Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
29.1 C
Kathmandu

पिपरा सडकलाई महात्मा गान्धी नामाकरण गर्ने विषयमा स्थानीयको विरोधपछि उद्घाटन कार्यक्रम स्थगित

spot_img

वीरगञ्ज । स्थानीयको व्यापक विरोधपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरा लिङ्क रोडको नामाकरण तथा अनावरण कार्यक्रम स्थगित भएको छ ।

वीरगञ्ज महानगरपालिकाले ऐतिहासिक महत्व बोकेको वडा नम्बर १४ पिपरा लिङ्क रोडलाई महात्मा गान्धी पथ नामाकरण गर्नका लागेकोमा सर्वत्र विरोध भएपछि बिहीबार हुने उद्घाटन कार्यक्रम स्थगित भएको हो ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै कार्यक्रम स्थगीत भएको जानकारी गराएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरा लिङ्क रोडलाई महात्मा गान्धी नामाकरण गर्नका लागि बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले संयुक्त रुपमा अनावरण गर्ने कार्यक्रम तय भएको थियो । तर स्थानीय स्तरमा विरोध भएपछि भारतीय राजदुत नआउने भएपछि हालका लागि उक्त कार्यक्रम स्थगीत गरिएको जनाएको छ ।

वीरगञ्ज १४ स्थित पिपराको आफ्नै धार्मीक, ऐतिहासिक तथा सांसकृतिक महत्व रहेको छ । त्यसलाई समाप्त गर्ने चलखेल भईरहेको भन्दै स्थानीय युवादेखि बद्धिजीवि तथा विभिन्न राजनीतिक दलका नेताहरुले विरोध गरेका थिए । साथै महानगरपालिकाले सो आफ्नो निर्णय फिर्ता नलिए कडा विरोध गर्ने चेतावनी दिएका थिए ।

यता वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादीत बनाउन खोजिएपछि नेपालका लागि भारतीय राजदूत जस्तो व्यक्तित्वलाई बोलाएर विवादित बनाउन उपयुक्त नभएकोले कार्यक्रम स्थगित गर्नुपरेको बताए । उनले यसबारेमा परामर्श गरेर उक्त कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once