निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त दुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

spot_img

जनकपुरधाम, कार्तिक १८ ।

मुख्यमन्त्री लालबाबु राउतले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन केन्द्रित सुरक्षाव्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । नेपाल सरकार गृह मन्त्रालय तथा मधेश सरकार गृहतथा संचार मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा सम्पन्न प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री राउतले सो निर्देशन दिनु भएको हो । खुल्ला सिमाना साथै आन्तरिक तिक्तताहरुले निर्वाचनमा हुन सक्ने खतरा औल्याँउदै मुख्यमन्त्री राउतले सचेत रहन निर्देशन समेत दिनु भयो । निर्वाचन आयोगको आचार संहिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो भूमिका खेलेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले आचार संहितको सूक्ष्म कार्यान्वय, समाजिक संजालको दुरुपयोग नियन्त्रण जस्ता कार्यहरुलाई प्राथमिकतामा राख्न निर्देशन समेत दिनु भयो ।

प्रदेश सरकारका गृह तथा संचारमन्त्री भरत प्रसाद साहको अध्यक्षतामा भएको उक्त गोष्ठिमा नेपाल सरकारका गृहसचिव विनोद प्रकाश सिंह, मधेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउत, नेपाली सेनाका रथी सरोज प्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सहितको उपस्थिति रहेको थियो । गोष्ठीमा मधेश प्रदेश स्थित आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ–आफनो जिल्लाको सुरक्षा अवस्थाबारे व्रिफिङ्ग गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once