बारा ४ (ख) मा घरदैलो अभियान निरन्तर जारी, प्रदेश सभा सदस्यका उम्मेदवार सोनलको बढ्दो जनलहर

spot_img
वीरगञ्ज, १८ कार्तिक
बाराको क्षेत्र नम्बर ४ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार जितेन्द्र सोनलले चुनावी अभियानलाई तिव्र पारेका छन् । पाँच दलीय सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार सोनलले आफ्नो क्षेत्रका मतदाताको घरदैलोमा पुगेर भोट माग्ने क्रमलाई निरन्तरता दिएका छन् ।
मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सोनलले शुक्रवार बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ स्थित कल्याणपुर, छतवा, घोडासन लगायतका टोलका मतदातासँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा उनले जनताको सुख दुखमा सँधै सँगै रहेको बताउँदै समस्याहरुको सम्बोधनका लागि कहिलै पछि नहट्ने बताए । यसअघि पनि आफुले कृषि, रोजगार, शिक्षा, स्वास्थ्य एवम् पूर्वाधार जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले कृषि क्षेत्रको सबलीकरण र सरलीकरण आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।
कृषिमा आत्मनिर्भर हुन सके मात्रै प्रदेश समृद्ध बन्ने र प्रदेश समृद्ध भएपछि देश समृद्ध बन्ने सोनलको बुझाई छ । घरदैलोमा सोनलप्रतिको जनसमर्थन उल्लेख्य थियो । घरदैलोमा बाराको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णा कुमार (किसान) श्रेष्ठसहित लोसपा, नेकपा एकिकृत समाजवादी पार्टी, नेपाली कांग्रेस लगायत बाम गठबन्धनमा आवद्ध दलका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको लोसपाका नेता रमेश सर्राफले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once