युवा नेता अन्सारीलाई भब्य स्वागत

spot_img

बीरगंज,
लोकतान्त्रिक वाम गठबन्धबाट पर्सा क्षेत्र नं. १ (क) मा माओवादी केन्द्रका प्रदेश सभासदस्यका उम्मेदवार चर्चित युवा नेता रहबर अन्सारीलाई बीरगंज महानगरपालिका वडा नं. ३२ टेढा गाउँका मतदाताहरुले भब्य स्वागतसहित सम्मान गरेका छन् । घरदैलो कार्यक्रमको सिलसिलामा टेढा गाँउ पुगेका युवा नेता अन्सारीलाई स्थानीय भरभलादमी, शुभचिन्तकहरु फुलमाला लगाएर गाँउमा स्वागत गरेका छन् । जित सुनिश्च्ति भएको बताउदै युवा नेता अन्सारीलाई विजयी टिका समेत लगाएका छन् । अन्सारीलाई जिताउन टेढा गाँउका मतदाताहरु उत्साहका साथ घरदैलो कार्यक्रममा सहभागी भएका छन् । युवा नेता अन्सारी शिक्षित, इमान्दार, युवा भएकोले यस क्षेत्रका मतदाताहरु अन्सारीलाई जिताउन कम्मर कसेर लागेका छन् ।

आफु नेता नभएर जनताको सेवक भएको बताएका छन् । देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती एवम् बेथितीको अन्त्य गरेर जनतालाई सहज, सरल र चुस्त रुपमा सेवा प्रवाह गराउनुका साथै विकास एवम् परिवर्तनको प्रत्याभुती दिलाउनका लागि पहल गर्ने प्रतिबद्धता अन्सारीले जनाए । गठबन्धनका नेता, कार्यक्रता लगायत गाँउ टोलका नेकपा माओवादी महानगर अध्यक्ष जुमादिन मियाँ, नेपाली काँगे्रसका नेता सिपाही ठकुराई, अन्वर आलम, मुगल मियाँ, अलाउदिन अन्सारी, हासिम अन्सारी, समाजवादी एसका नेता जगदीस राउत कुर्मी, सगीर मियाँ, असलम ठकुराई, ताज मियाँ लगायतका उल्लेखनीय सहभागिता रहेको माओवादी केन्द्रका युवा नेता इजराइल अन्सारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once