पर्सामा एक दम्पतीले १० वर्षपछि एकैपटक ३ वटा बच्चा पाएकी छिन् ।

spot_img

वीरगंज । पर्सामा एक दम्पतीले १० वर्षपछि एकैपटक ३ वटा बच्चा पाएकी छन् । प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नं. ९ का वृज चौधरी थारु र ललिता देवि थरुनी दम्पतीले एकैपटक ३ वटा छोरा पाएका हुन् ।

१० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो । आर्थिक अवस्था कमजोर भएका थरुनीलाई प्रभु हस्प्टिलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यकृया गरेर तीनवटै बच्चा पाउन सफल भएको हो ।

निकै जोखिम मानिएको अप्रेसनमा प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झा, नर्स स्टाफ रमिता गिरी, अनिल पटेल, मेनुका घिमिरे, पचिया खातुन, कृष्णा ठाकुर लगायतको सहयोगमा सफल भएको थियो ।

व्याथा लागेपछि विभिन्न अस्पतालमा लग्दा अन्यत्र लैजान सल्लाह दिएपनि प्रभु हस्पिटलले जोखिम मोलेर शल्यक्रिया गरेकाे अस्पतालले जनाएकाे छ । हाल आमा तथा तीनवटै बच्चा सकुसल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once