Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
25.1 C
Kathmandu

हुण्डी कारोबारीकाे आराेपमा पाेखरियाका आलम पक्राउ

spot_img

वीरगंज । स्राेत नखुलेकाे ७ लाख त्रिपन्न हजार रकमसहित हुण्डी कारोबारकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । वीरगञ्ज म.न.पा.वडा नं.२ श्रीराम सिनेमा हल पछाडीबाट पर्साकाे पोखरिया नगरपालिका वडा नं.९ बैरिया विर्ता बस्ने वर्ष ३५ को महम्द रिजवान आलमलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

आइतबार दिउसाे १:३० बजे विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. २ श्रीराम सिनेमा हल पछाडि गोरेटो सडक खण्डबाट आलमलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

उक्त सडकखण्डमा प्रदेश २-३-०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाईकल रोकी चेकजाँच गर्दा आलमले लगाएको जिन्सपाइन्टको खल्तीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू.७ लाख ५३ हजार ३ सय फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त रकम बरामद गरी उल्लेखित मोटरसाइक सहित आलमलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once