नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक हाइब्रिड (भौतिक तथा अनलाइन) माध्ययम द्वारा सम्पन्न

spot_img

वीरगंज, २४ श्रावण

नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा काठमाडौँमा यहि साउन २२-२३ गते हाइब्रिड (भौतिक तथा अनलाइन) माध्ययम द्वारा सम्पन्न भएको छ। बैठकले निम्नानुसारको निर्णय गरेको छ :-

१. बर्षादको कारण बाढी पहिरोले पिडित तराई मधेश तथा पहाडी जिल्लाहरुका बासिन्दाहरुलाई तुरुन्त राहत सामग्री उपलब्ध गराउन र बढ्दो महंगी नियन्त्रण गरि आम नागरिकको पक्षमा काम गर्न सरकारको ध्यानाकर्षण गराउने,

२. आगामी मंसिर ४ का दिन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको नेपाल परिवार दल स्वागत गर्दछ । लोकतन्त्रको स्वस्थता र सबलता अनि शासनको वैधताका लागि आवधिक निर्वाचन अपरिहार्य छ ।आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । घोषित निर्बाचन निस्पक्ष, स्वतन्त्र, मितव्ययी र धाधली रहित सम्पन्न गर्न हामि नेपाल सरकारलाई आग्रह गर्दछौ। देश भित्रका सबै राजनैतिक दलहरुलाई निर्वाचनमा सहभागी भई मित्रवत स्वस्थ प्रतिष्पर्धा गर्न पनि बैठक आग्रह गर्दछ । साथै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबमा सहभागिताको लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न बरिष्ट उपाध्यक्ष श्री बिनोद डाँगी लाइ अख्तियारी दिने। सबै प्रदेश निर्वाचन आयोगमा प्रदेश संयोजकहरुले समन्न्वयन गर्ने।

३. आगामी मंसिर ४ का दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न परिवार दलका सम्पूर्ण पार्टी पंतिलाइ आब्हान गर्ने। पार्टी र आम नागरिक बिचको सम्बन्ध नङ र मासुको जस्तै बनाउन देशभर कार्यक्रम संचलन गर्ने।

४. आगामी निर्बाचनमा एजेन्डा मिल्ने पार्टी संग राष्ट्र र जनताको हितको पक्षमा आबस्यकता अनुसार सहकार्य वा तालमेल गर्न सकिने। सो को लागि केन्द्रिय कार्य सम्पादन समिति वा केन्द्रिय अध्यक्षले आबस्यकता अनुसार परामर्श गरि उपयुक्त निर्णय लिनसक्ने अधिकार दिने।

५. बैठकले स्थानीय निर्वाचन २०७९ को बारेमा घनिभूत समिक्षा गर्यो। बैठकले पार्टीको तर्फबाट बिजयी उम्मेदवारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once