लैङ्गिक उत्तरदायी शिक्षण पद्धती तालिम सम्पन्न

spot_img

वीरगन्ज / लैङ्गिक उक्तरदायि शिक्षण पद्धती विषयगत दुई दिने तालिम मंगलबार वीरगंजमा सम्पन्न भएकोछ ।भिएसओ नेपाल र दिव्य युवा क्लबको साझेदारीमा संचालित किशोरी सशक्तिकरणको लागि शिक्षा कार्यक्रम अन्तर्गत तालिम सम्पन्न भएको हो ।
वीरगंजस्थित भिष्वा होटलमा भएको तालिममा परियोजना अन्तर्गतका ११ वटा विद्यालयका २२ जना शिक्षकहरुलाई विद्यालयमा समावेशी एंव लैङ्गिक मैत्री शिक्षण पद्धतीको विकास गरी समावेशी वतावरण सृजना गर्नको लागी अपनाईने विधीको बारेमा क्षमता विकास गरिएको परियोजना संयोजक गणेश बहादुर ठकुरीले जानकारी दिए । तालिम पश्चात विद्यालमा लैङ्गिकमैत्री वातावरण तयारी भई लैङ्गिक मैत्री शिक्षण पद्धतीको विकास हुने संयोजक ठकुरीले वताए ।
तालिम समापन सत्रमा दिब्य युवा क्लवका अध्यक्ष उमेश चौहानले तालिमका सहभागीहरु सिकेका सिकाईलाई विद्यालयमा लागु गरे मात्र तालिमले सार्थकता पाउने वताउँदै सहभागी शिक्षकहरुलाई कार्यान्वयनको लागी आग्रह समेत गरेका थिए । तालिममा फियुचर नेपालका प्रशिक्षकद्वय सुशिल राज गीरी र नवराज थापा क्षेत्रीले प्रशक्षण दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once