चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो

spot_img

बेइजिङ, २९ फागुन (रासस/सिन्ह्वा) : चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको पाइएको छ । यहाँ यो सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या बढ्न थालेको बताइएको छ । चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक हजार ८०० भन्दाबढी पुगको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।
यहाँ गत शुक्रबार ५०० भन्दा केही बढी सङ्क्रमित देखिएकामा शनिबार मात्र एक हजार ८०० भन्दा पनि बढी भेटिएका बताइएको छ । त्यहाँ थप सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ । सो कमिसनका अनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् । शनिबार भेटिएका एक हजार ८०७ जनामध्ये जिलिनमा मात्र एक हजार ४०० भन्दाबढी सङ्क्रमित पाइएका बताइएको छ ।
यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा सङ्क्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको बताइएको छ । चीनमा पछिल्लो समयमा सङ्क्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकमा पनि पुनःस्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।
त्यहाँका सबैजसो नागरिकालाई कोरोना पुनःहुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । त्यहाँ अहिले पनि करिब पाँच हजार नागरिक कोरोना सङ्क्रमित भइ उपचार गराइरहेका बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once