जलवायु परिवर्तनको असर र अन्तर्राष्ट्रिय सम्मेलनबारे राष्ट्रिय सभामा छलफल

spot_img

काठमाडौं,२९ असोज । जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभाव तथा हालै पुगेको क्षतिबारे राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा छलफल हुने भएको छ। आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक पहललाई प्रभावकारी बनाउने विषय पनि बैठकको कार्यसूचीमा समेटिएको छ।

समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको भवन नम्बर २ को दोस्रो तलामा बस्नेछ। बैठकमा विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको असर र पुगेको क्षतिबारे छलफल गरिनेछ। साथै, निकट भविष्यमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता, कूटनीतिक पहल तथा अन्तर्राष्ट्रिय स्तरमा जलवायुका मुद्दालाई प्रभावकारी रूपमा उठाउने विषयमा पनि विचारविमर्श हुनेछ।

जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका चुनौती र क्षतिका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आवश्यक सहयोग तथा जलवायु न्यायका लागि कूटनीतिक पहल अघि बढाउने सन्दर्भमा बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। समितिले छलफलका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समेत आमन्त्रण गरेको जानकारी दिएको छ। बैठकमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याको सम्बोधन तथा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once