गृहमन्त्री सुदन गुरुङ र अमित शाहबीच भेटवार्ता, सुरक्षा सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

spot_img

काठमाडौं,२८ असोज । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिम्स्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सुरक्षा सहकार्य तथा क्षेत्रीय शान्ति र समृद्धिका विषयमा छलफल भएको छ ।

भेटवार्तामा दुवै देशका गृहमन्त्रीले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै सुरक्षा क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा फलदायी छलफल भएको उल्लेख गरेका छन् ।

शाहका अनुसार नेपाल र भारतबीचको ऐतिहासिक तथा घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउँदै क्षेत्रीय शान्ति, प्रगति र समृद्धिमा योगदान पुर्‍याउने विषयमा दुवै पक्षबीच छलफल भएको छ । बिम्स्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गृहमन्त्री गुरुङ नयाँ दिल्ली पुगेका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले स्थापित संगठन हो ।

भेटवार्ताका क्रममा सीमा व्यवस्थापन, सूचना आदानप्रदान, सीमापार अपराध नियन्त्रण तथा क्षेत्रीय सुरक्षा सुदृढीकरणका विषयमा समेत सकारात्मक छलफल भएको बताइएको छ ।

नेपाल र भारतबीच सुरक्षा तथा सीमा व्यवस्थापनका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयलाई भेटवार्ताले प्राथमिकता दिएको छ । दुई देशबीचको निकट सम्बन्धलाई थप मजबुत बनाउँदै साझा सुरक्षा चुनौतीको सामना गर्न सहकार्य विस्तार गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once