दसैँका लागि नबिल बैंकले असोज २७ देखि नयाँ नोट साट्ने

spot_img

काठमाडौं,२७ असोज । नबिल बैंकले बडादसैँ २०८३ लाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ तथा सुकिला नोट सटही सुविधा उपलब्ध गराउने भएको छ। बैंकले असोज २७ गतेदेखि २९ गतेसम्म तीन दिन काठमाडौं उपत्यकाका पाँचवटा शाखामार्फत नोट सटही गर्ने व्यवस्था मिलाएको हो।

बैंकका अनुसार काठमाडौंका कान्तिपथ, बल्खु र वनस्थली शाखाबाट नयाँ तथा सुकिला नोट साट्न सकिनेछ। त्यस्तै, ललितपुरको च्यासल र भक्तपुरको दुवाकोट शाखाबाट पनि सर्वसाधारणले यो सुविधा प्राप्त गर्न सक्नेछन्। नोट सटही सेवा तोकिएका शाखामा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ। दसैँको समयमा सर्वसाधारणलाई आवश्यक पर्ने नयाँ तथा सुकिला नोट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बैंकले यस्तो व्यवस्था गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूमार्फत नयाँ तथा सुकिला नोट वितरण गर्ने व्यवस्थाअन्तर्गत नबिल बैंकले पनि नोट सटही सुविधा उपलब्ध गराउन लागेको हो। नेपालीहरूको प्रमुख चाड बडादसैँमा टीका लगाउँदा दक्षिणा दिने परम्परा छ। यस अवसरमा साना दरका नोटको प्रयोग बढी हुने भएकाले सर्वसाधारणले नयाँ तथा सुकिला नोट साट्ने गर्छन्। दसैँमा दक्षिणा दिन तथा विभिन्न धार्मिक र सांस्कृतिक परम्परा पूरा गर्न सहज होस् भन्ने उद्देश्यले बैंकले नोट सटहीको व्यवस्था गरेको हो।

बैंकको यस व्यवस्थाबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सर्वसाधारणले तोकिएका शाखामार्फत दसैँका लागि आवश्यक नोट साट्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once