प्याब्सन स्मार्ट माइन्ड्सको जुनियर उपाधि ओम नेसनल एकेडेमीलाई

spot_img

वीरगंज,२७ भदौ । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ। फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ओम नेसनल एकेडेमीले कुल १५० अंक प्राप्त गरी प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो।

प्रतियोगिताको फाइनलमा एसआर ग्यालेक्सी एकेडेमीले १४० अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ। त्यस्तै गौतम माध्यमिक विद्यालय ७५ अंकसहित तेस्रो भएको छ भने लिटल एन्जेल्स स्कुल ३५ अंकसहित चौथो स्थानमा रह्यो। मास्कट एकेडेमीले ३० अंक प्राप्त गर्दै सान्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको छ। जुनियरतर्फको प्रतियोगितामा कुल २९ विद्यालय सहभागी भएका थिए। सहभागी विद्यालयहरूबीच विभिन्न समूहमा क्वालिफिकेसन राउन्ड सञ्चालन गरिएको थियो। सो चरणमा आ–आफ्नो समूहमा उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बनेका पाँच विद्यालयले फाइनलमा स्थान सुरक्षित गरेका थिए।

फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक अंक बटुलेको ओम नेसनल एकेडेमीले उपाधि हात पारेको हो। दोस्रो स्थानमा रहेको एसआर ग्यालेक्सी एकेडेमीले विजेता विद्यालयलाई कडा चुनौती दिएको थियो। फाइनल प्रतियोगितापछि आयोजित पुरस्कार वितरण समारोह प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा विजेता, उपविजेता तथा अन्य स्थान हासिल गर्ने विद्यालयका सहभागी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष इमामुद्दिन अहमद, सल्लाहकार लालबाबु पटेल, प्याब्सन पर्साका सल्लाहकार हरिश्याम ठाकुर, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव तथा प्याब्सन वीरगन्जका नगर सदस्य विजय बल लगायतको उपस्थिति रहेको थियो।

पुरस्कार वितरण समारोहमा उपस्थित पदाधिकारी तथा अतिथिहरूले प्रतियोगितामा सहभागी विद्यार्थीहरूको उत्साह र प्रतिभाको प्रशंसा गर्दै विजेता तथा उपविजेता विद्यालयका विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए। लिटल एन्जेल्स स्कुल, ज्योतिनगरमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्नी पाख्रिन तथा प्याब्सन वीरगन्जका अध्यक्ष सुरज बाबु पटेल लगायतको पनि उपस्थिति रहेको थियो।

प्रतियोगिताको क्विज सञ्चालन प्याब्सन वीरगन्जका सचिव अमित आलोकले गर्नुभएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न प्रश्न तथा ज्ञानमा आधारित गतिविधिमार्फत आफ्नो बौद्धिक क्षमता प्रस्तुत गरेका थिए। आयोजकका अनुसार प्याब्सन स्मार्ट माइन्ड्सले विद्यार्थीमा रहेको ज्ञान, तर्कशक्ति, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस्ता प्रतियोगिताले विद्यार्थीलाई अध्ययनसँगै आफ्नो ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग गर्ने आयोजकको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once