‘प्याब्सन स्मार्ट माइन्ड्स’ : उपाधिका लागि पाँच विद्यालय आमनेसामने

spot_img

वीरगंज,२१ भदौ । प्याब्सन वीरगंजको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा प्रवेश गरेका छन्।

क्वालिफिकेशन राउन्डअन्तर्गत विभिन्न पाँच समूहमा भएको प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्दै पाँच विद्यालयले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। समूह ‘ए’ बाट गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, समूह ‘बी’ बाट मास्कट एकेडेमी, समूह ‘सी’ बाट साउथ जोन सेकेन्डरी स्कुल, समूह ‘डी’ बाट रोयल एकेडेमी र समूह ‘ई’ बाट ज्ञान ज्योति माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्।

क्वालिफिकेशन राउन्डमा पाँच समूहमा गरी कुल ३१ विद्यालय सहभागी भएका थिए। समूह ‘बी’ मा सात विद्यालयले प्रतिस्पर्धा गरेका थिए भने अन्य चार समूहमा छ–छ विद्यालय सहभागी थिए। प्रत्येक समूहबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक विद्यालय फाइनलका लागि छनोट भएका हुन्।

अब सिनियरतर्फको उपाधिका लागि पाँच विद्यालयबीच फाइनल प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगंजका सचिव अमित आलोकका अनुसार सिनियरतर्फको फाइनल भदौ २३ गते बिहान १० बजे डिएभी स्कुलमा आयोजना हुनेछ।

प्रतियोगिताको क्वालिफिकेशन राउन्डको औपचारिक उद्घाटन वीरगंजको ज्योतिनगरस्थित लिटल एन्जल्स स्कूलमा गरिएको थियो। उद्घाटन कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सनवीरगंजका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षता रहेको थियो। दुवै अध्यक्षले गमलामा पानी हालेर प्रतियोगिताको क्वालिफिकेशन राउन्डको औपचारिक उद्घाटन गरेका थिए।

कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए। कार्यक्रममा प्याब्सन वीरगंजका नगर सदस्य विजय बल र सुमित कलवार, प्रेस कोर्डिनेटर दिपु वर्णवाल, लिटल एन्जल्स स्कूलका प्रधानाध्यापक सन्नी पाख्रिन, विद्या सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक लाल बहादुर गुरुङलगायतको उपस्थिति थियो।

अन्तरविद्यालयस्तरमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै उनीहरूको ज्ञान, तर्कशक्ति, तत्काल निर्णय लिन सक्ने क्षमता र प्रतिस्पर्धात्मक भावनाको विकासमा सहयोग पुग्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले एउटै मञ्चमा प्रतिस्पर्धा गर्दै आफ्नो ज्ञान तथा क्षमताको प्रदर्शन गरिरहेका छन्। क्वालिफिकेशन राउन्ड पार गर्दै फाइनलमा पुगेका पाँच विद्यालयबीच अब उपाधिका लागि हुने प्रतिस्पर्धालाई विद्यार्थी, शिक्षक तथा विद्यालय समुदायले चासोका साथ हेरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once