पर्सामा ८१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक जना पक्राउ

spot_img

वीरगंज,०९ भदौ । पर्सा प्रहरीले ८१ ग्रामभन्दा बढी लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–६, बहुअरी प्रसौनीका ३९ वर्षीय अजय प्रसाद यादव रहेका छन् ।

प्रहरीका अनुसार लागू औषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो । मंगलबार दिउँसो करिब ३ः३० बजे वीरगंज महानगरपालिका–१५ स्थित बाइपास सडकखण्डमा शंकास्पद रूपमा पैदल हिँडिरहेका यादवलाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो । सो क्रममा उनले लगाएको सेतो पाइन्टको दाहिने खल्तीबाट प्लास्टिकसहित ९४ ग्राम ७२ मिलिग्राम र प्लास्टिकबाहेक ८१ ग्राम ३७ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

यादवको साथबाट बा.१८ च ९००३ नम्बरको सेतो कारको साँचोसमेत फेला परेको थियो । साँचो फेला परेपछि प्रहरीले थप अनुसन्धानका क्रममा वीरगंज महानगरपालिका–८ मा रोकी राखिएको उक्त कारसमेत बरामद गरेको जनाएको छ । प्रहरीले बरामद लागू औषध तथा कारसहित यादवलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले लागू औषधको स्रोत, खरिद–बिक्री तथा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once