खेतमा मोटरबाट पानी लगाउँदै गर्दा करेन्ट लाग्यो, युवकको मृत्यु

spot_img

जनकपुरधाम,२८ साउन । धनुषामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगराइन नगरपालिका–८ खिरखिरियामा खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लाग्दा स्थानीय २५ वर्षीय सितेशकुमार दासको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार खेतमा मोटरबाट पानी लगाउने क्रममा अचानक करेन्ट लागेर दास घाइते भएका थिए । घटना बिहीबार साँझ करिब ५ः४० बजेतिर भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका दासलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो । तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार चिकित्सकले साँझ ६ बजेर ५ मिनेटमा दासलाई मृत घोषणा गरेका हुन् ।

मृतक दास स्थानीय विन्देश्वर दासका २५ वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ । खेतमा मोटर चलाएर पानी लगाउने क्रममा भएको करेन्ट दुर्घटनाले उनको ज्यान गएको हो । घटनाबारे थप विवरण तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once