Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
spot_img
21.8 C
Kathmandu

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से १३.४६ अंकले घट्यो

spot_img

काठमाडौँ,२१ जेष्ठ । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २७६६ बिन्दुमा झरेको हो।

नेप्सेका अनुसार कुल कारोबार दिनमा ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन। बिहीबार ३५३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी आँखु खोला जलविद्युतको ३२ करोड, सेन्ट्रल फाइनान्सको १८ करोड, नेपाल रिइन्योरेन्सको १७ करोड तथा सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सेयर मूल्यको आधारमा कालिन्चोक हाइड्रोको सेयरमा उल्लेखनीय वृद्धि देखिएको छ। यसको मूल्य १४.९९ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। उपसमूहगत रूपमा १२ वटा उपसमूहको सूचक घटेका छन् भने म्युचुअल फन्डको सूचक ०.३२ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once