काठमाडौँ,३० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बस्ने बैठकको बारेमा पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनले भने, “बैठकको समय र स्थान अहिलेसम्म तय भएको छैन।”
बैठकमा समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रित छलफल हुने बताइएको छ। साथै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउने गरी पार्टी विधान संशोधनलगायत अन्य विविध विषयमा पनि छलफल हुने जनाइएको छ।





