Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
spot_img
21.9 C
Kathmandu

ताजपुरमा घण्टीको लहर : चोक–चौतारीमै बने चिन्ह, हरि पन्तलाई भव्य स्वागत

spot_img

वीरगंज,२९ माघ । पर्सा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि पन्तको घरदैलो अभियान ताजपुरमा उत्साहजनक रूपमा अघि बढेको छ। स्थानीय बासिन्दाले चोक–चौतारीहरूमा घण्टी चिन्ह अंकित गर्दै पन्तलाई स्वागत गरेपछि चुनावी माहोल थप तातेको देखिएको छ।

ताजपुर क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाटका लागि पुगेका पन्तलाई स्थानीयले विभिन्न चोक–चौतारीहरूमा फरक–फरक रङ्ग प्रयोग गरेर बनाइएको घण्टी चिन्हमार्फत स्वागत गरेका थिए। सडकछेउका चौतारी, चोक र सार्वजनिक स्थलहरूमा घण्टी चिन्ह देखिएपछि त्यहाँको चुनावी वातावरणमा उत्साह थपिएको थियो। स्थानीय युवाहरू तथा समर्थकहरूले स्वस्फूर्त रूपमा यस्तो स्वागत गरेको बताइएको छ।

भेटघाटका क्रममा पन्तले मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र अपेक्षाबारे जानकारी लिएका थिए। स्थानीयले रोजगार, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयमा आफ्नो चासो राख्दै परिवर्तनको अपेक्षा व्यक्त गरेका थिए। अधिकांश मतदाताले यसपटक मुलुकमा नयाँ राजनीतिक शक्तिको उदयसँगै परिवर्तनको संकेत देखिएको बताएका थिए।

स्थानीय बासिन्दाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीप्रति युवापुस्तामा विशेष आकर्षण बढ्दो छ। उनीहरूले पुराना राजनीतिक अभ्यासबाट निराश भएको भन्दै अब नयाँ विकल्पको पक्षमा उभिन तयार रहेको बताएका थिए। “यसपटक मुलुकमा परिवर्तन निश्चित छ, रास्वपा र घण्टी नै परिवर्तनको संवाहक हो,” भन्ने धारणा धेरै मतदाताले व्यक्त गरेको पन्तको टोलीले जनाएको छ। उनीहरूले आफूहरू पनि त्यो परिवर्तनको साक्षी बन्न चाहेको भन्दै घण्टी चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यसक्रममा उम्मेदवार पन्तले रास्वपाको जित नै समग्र मुलुकको जित हुने दाबी गर्दै मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए। उनले देशमा सुशासन, पारदर्शिता र विकासका लागि नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि रास्वपाले स्पष्ट एजेन्डा अघि सारेको बताए। पन्तले जनताको विश्वास र समर्थनले नै वास्तविक परिवर्तन सम्भव हुने भन्दै यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई अवसर दिन आग्रह गरेका थिए।

घरदैलो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो। युवादेखि ज्येष्ठ नागरिकसम्मको उपस्थिति रहेको उक्त कार्यक्रममा उत्साहजनक वातावरण देखिएको सहभागीहरूले बताएका छन्। चोक–चौतारीमा बनाइएका घण्टी चिन्हले स्थानीय स्तरमा रास्वपाप्रतिको समर्थन र उत्साह प्रस्ट देखिएको बताइएको छ।

ताजपुरमा देखिएको यो स्वागत र सक्रियता चुनाव नजिकिँदै जाँदा क्षेत्र नं. १ मा प्रतिस्पर्धा थप रोचक बन्दै गएको संकेतका रूपमा हेरिएको छ। स्थानीय तहमा बढ्दो चुनावी गतिविधिले मतदाताबीच राजनीतिक चासो र सक्रियता बढ्दै गएको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once