Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
spot_img
23.1 C
Kathmandu

पर्सा–२ को बर्वामा एमालेको अगुवा कार्यकर्ता भेला, रिमा यादवले सार्वजनिक गरिन् विकास एजेन्डा

spot_img

वीरगंज,२९ माघ । पर्सा क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–१९ अन्तर्गत बर्वा टोलमा नेकपा (एमाले) को वडा स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं. २ की प्रतिनिधिसभा उम्मेदवार रिमा यादवले क्षेत्रको समग्र विकासका लागि स्पष्ट योजना तयार गरेको बताइन्। उनले सीपमूलक तालिम विस्तार, प्राविधिक शिक्षाको प्रवर्द्धन, आधुनिक कृषि प्रणाली विकास, पशुपालन प्रवर्द्धन तथा स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर नीतिगत रूपमा काम गर्ने धारणा व्यक्त गरिन्।

यादवले कृषि क्षेत्रको सुदृढीकरणका लागि प्रत्येक वडामा ‘कृषि क्लिनिक’ स्थापना गर्ने योजना रहेको उल्लेख गरिन्। साथै, समयमै मल र बिउ उपलब्ध गराउने नीति निर्माणमार्फत कृषकका समस्या समाधान गर्ने लक्ष्य रहेको बताइन्।

विगतका जनप्रतिनिधिले पूरा गर्न नसकेको कामलाई अघि बढाउँदै क्षेत्रको विकासमा तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले अझै धेरै काम बाँकी रहेको उल्लेख गरिन्। ती मुद्दा सदनसम्म सशक्त रूपमा उठाउन आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरिन्।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगी, मधेश प्रदेश उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव, वीरगंज महानगरपालिकाका कार्यवाहक अध्यक्ष लियाकत अली, लेखा समिति संयोजक अजय साह, वडा अध्यक्ष संजु छतकुली, युवा नेता मुकेश दुबेदी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once