Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
spot_img
23.1 C
Kathmandu

वीरगंजमा बालेनको रोड शो, युवाको उत्साहसहित ‘अबकी बार बालेन सरकार’ नारा

spot_img

वीरगंज,२८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले बुधवार वीरगंजमा रोड शो गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बालेनले मंगलबार सप्तरीबाट सुरु गरेको चुनावी प्रचार अभियान बुधबार वीरगंजमा सक्रिय रूपमा जारी राखेका हुन्।

बालेनकाे रोड शो वीरगंजकाे प्रतिमा चोकबाट सुरु भई भानु चोक, नगवा, इनरवा, इदगहा चोक हुँदै छपकैया, बिर्ता, आदर्शनगर, माईस्थान र अन्ततः घण्टाघर चोकसम्म पुगेर सम्पन्न भएको थियो । घण्टाघर चोकमा बालेनको स्वागत गर्न हजारौं युवायुवतीहरू भेला भएका थिए । सडकभरि उपस्थित समर्थकहरूले ‘अबकी बार बालेन सरकार’, ‘जय घण्टी’ जस्ता नारा लगाउँदै जोशिलो वातावरण सिर्जना गरेका थिए ।

बालेनले गाडीबाटै हात हल्लाउँदै र घण्टी बजाउँदै समर्थकहरूलाई अभिवादन गरेका थिए । उनका साथमा रास्वपाबाट पर्साका चारै क्षेत्रका उम्मेदवार—हरि पन्त, सुशील कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य— पनि एउटै गाडीमा सवार भएर रोड शोमा सहभागी भएका थिए ।

घण्टाघर चोकबाट रोड शो मुर्ली, पावर हाउस चोक र गण्डक चोक हुँदै बाराको जीतपुर सिमराका लागि प्रस्थान गरेको जानकारी पर्सा–२ का उम्मेदवार सुशील साह कानुले दिएका छन् ।

बालेनको रोड शोले वीरगंजमा चुनावी माहोल तताएको मात्र होइन, युवापुस्तामा राजनीतिक उत्साह र सक्रियता पनि थपिएको देखिएको छ । समर्थकहरूले सडकमा उपस्थित भएर बालेनको नेतृत्वमा नयाँ सरकारको आशा व्यक्त गरेका छन् । यस अभियानले रास्वपाका उम्मेदवारहरूलाई स्थानीय मतदातासँग सिधा सम्पर्क स्थापित गर्ने अवसर दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once