प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेनाले सुरु गर्यो गस्ती र पेट्रोलिङ, तीन तहको सुरक्षा व्यवस्था

spot_img

काठमाडौँ, २७ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीको क्रममा नेपाली सेनाले गस्ती र पेट्रोलिङ सुरु गरेको छ। निर्वाचनको सुरक्षालाई मजबुत बनाउन सेनाले महत्त्वपूर्ण प्रतिष्ठान, विमानस्थल तथा कारागारहरूको सुरक्षा जिम्मेवारी पनि सम्हाल्न थालेको छ।

निर्वाचन अवधिमा सुरक्षा व्यवस्था तीन तहमा गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल तथा निर्वाचन प्रहरी र तेस्रो अर्थात् बाहिरी घेरामा नेपाली सेना खटिने व्यवस्था गरिएको छ।

सुरक्षा आवश्यकताको आधारमा नेपाली सेना कुनै पनि घेरामा परिचालन गर्न सक्ने जनाएको छ। प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा आवश्यकता अनुसार सेना पहिलो, दोस्रो वा तेस्रो घेरामध्ये जुनसुकैमा पनि खट्न सक्ने जनाइएको छ।

नेपाली सेनाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा सुरक्षा संवेदनशीलताका आधारमा सेना लचिलो रूपमा परिचालन गरिने उल्लेख गरेको छ। उच्च जोखिम र चुनौतीपूर्ण क्षेत्रहरूमा सेनालाई प्रारम्भिक चरणमै पहिलो घेरामा खटाउन सकिने व्यवस्था रहेको पनि स्पष्ट पारिएको छ।

युद्ध कार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापाले भने, “निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न हामीसँग उपलब्ध साधन, सामग्री र क्षमताको पूर्ण सदुपयोग गर्दै नेपाली जनताको चाहनाअनुसार निर्वाचनलाई पूर्ण रूपमा सफल बनाउन प्रभावकारी ढंगले परिचालन हुनेछौँ।”

नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गर्दै निर्वाचन सुरक्षामा सक्रिय भूमिका खेल्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once